कञ्चनपुर । देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही र बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव छ।









Discussion about this post