सधै यस्तै नै आँगनभरी फलिरहोस् है ए समय
बनेका छन् सम्बन्ध नबदली रहोस् है ए समय
चलोस् हावा यस्तै मधुर मधुर गतिमा यात्रामा
हिडोस् गोडा पाइला नगली रहोस् है ए समय
न आओस् निराशा मनभरी हुरी बनेर कहिल्यै
दियो यस्तै आत्मबलको बलिरहोस् है ए समय
कति खोज्दै हिडछौ हरगली घुम्दै खुसी खुसी
खुसी यस्तै हो यसरी नै चलिरहोस् है ए! समय