चमत्कार चाहन्छन् को सत्य स्वीकार गरोस्
सहि हो विश्वास पनि कसले निराधार गरोस्
गहिरा घाउहरू प्रायः आफ्नैले दिन्छन् तर
चाहना कसको हुन्छ आफ्नाले प्रहार गरोस्
यस्तो देख्छु अक्सर दुनियाँ निर्दोष आखाले
आफूले व्यापार गर्छन् चाहन्छन् प्यार गरोस्
जेसुकै गरुन् जब बुझ्नेछन् स्वीकार गर्नेछन्
भो छोडी दिनुस् कसले आफ्नै प्रचार गरोस्
एकथरी भन्नुस् कसरी अर्कै सम्झन्छन् कुन्नी
कसले यहाँ सम्झाउन प्रयत्न बारबार गरोस्
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post