कञ्चनपुर । कञ्चनपुरमा सहिद दिवश विभिन्न कार्यक्रमको साथ मनाइने भएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरमा आईतबार बसेको जिल्लाका सरोकारवाला सरकारी, गैरसरकारी कार्यालय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले कञ्चनपुरमा माघ १५ र १६ गते दुई दिन सहिद दिवश मनाउने निर्णय गरेको हो।
सहिद दिवशको अवशरमा माघ १५ गते जिल्ला भरिका सरकारि कार्यालय , शिक्षण संस्था लगायत सार्वजनिक स्थानमा सरसफाइ, सहिद दिवस का बारेमा अन्तरक्रीया र सम्झना स्वरुप कम्तिमा एक वृक्षारोपण गर्ने कार्यक्रम तय गरिएको जिल्ला समुन्वय प्रमुख दुर्गादत्त बोहराले बताउनु भएको छ ।
सहिद दिवशको मुख्य दिन १६ गते भीमदत्त नगरपालिका वडा नम्बर -४ स्थित सहिद दसरथ चन्दको शालिकमा बिहान १० बजे माल्यार्पन, सामुदायिक प्रहरीको समन्वयमा रक्तदान तथा साँखु ६ बजे दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनु भयो ।
सहिद दिवशको अवसरमा जिल्ला भरीनै विभिन्न कार्यक्रम गर्न जिल्लाका स्थानीय तह, सरकारी कार्यालय, संघसंस्था र शिक्षण संस्थालाइ उहाँले आग्रह समेत गर्नु भएको छ ।