यसरी अँध्यारोभित्र पस्छन् मान्छे जीवनभर
नबुझेर नै अङ्गालो कस्छन् मान्छे जीवनभर
कसैलाई त लैजान्छ डोर्याएर परिस्थितिले
कोहि आफै रोजेर फस्छन् मान्छे जीवनभर
गरिन्छ शंका बेलाबेलामा अक्सर मान्छेहरू
विश्वास गर्नेलाई नै डस्छन् मान्छे जीवनभर
कारणबिना दु:ख पाउछन् आँखाहरूले पनि
सपनाको खेती गरी बस्छन् मान्छे जीवनभर
ऊ मर्ने छ एकदिन थिचेर तिनै सपनाहरूले
खोजेर दल दलमा धस्छन् मान्छे जीवनभर
