भोजराज पन्त, कञ्चनपुर । मनाङ जिल्लाको सदरमुकाम चामे नेपाल बैङ्क लिमिटेड चौथो तहमा कार्यरत तारणी प्रसाद पन्त कार्तिक १० गते वाट समर्पक विहीन भएका थिए।
सम्पर्कविहीन भएको ५२ दिन भइसक्दापनि तारणी सम्पर्कमा आएका छैनन्। कञ्चनपुरको वेदकोट नगरपालिका ९ सुन्दरपुर घर भएका तारणी कार्तिक १० गते मनाङको भ्यु टावर हेर्न बैङ्कमै कार्यरत सहकर्मी अर्जुन खड्का सँग गएका थिए । खड्काले टावर चढ्न नसक्ने भनेपछि तारणी एक्लै भ्युटावर चढ्न उकालो लागेका थिए।
तारणीको फोन १० गते राति १० बजेर ४५ मिनेट सम्म लागेको र फोन भने साँझ ४ बजेर ४५ मिनेटमा कुरा भएको सहकर्मी खड्काले बताएका छन्। तारणी सम्पर्क विहीन भएको घर परिवारलाई कार्तिक १० गते करिव राती ११ वजे तिर खबर भएको तारणीका भई विष्णु दत्त पन्तले बताए।
‘राति ११ बजे तिर फोन आयो तारणी सम्पर्क विहीन भएका छन्, हामी तारणी लाई फोन गरिरहेका छौँ फोन स्विच आफ भनी रहेको छ’ तारणीका साथी अर्चना बुढाथोकीले फोन गरेर तारणीका भाइ विष्णु पन्तले सो जानकारी दिइन्। ५२ दिन बितिसक्दापनि तारणी सम्पर्कमा नआउँदा घरपरिवार चिन्तित बनेका छन्। ‘५२ दिन भइसक्यो दाइ सम्पर्क विहीन भएको घरमा आउनु कहाँ हो कहाँ सम्पर्कमा समेत छैनन् तर हामी अहिले पनि आशामै छौं। हराएको दोस्रो दिनै मनाङ म लगाएत तिन जना घरका सदस्य चार जना मनाङ पुगेका थियौँ। स्थानीय, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, बैंङ्क कर्मचारी र स्थानीय व्यापारीहरू मिलेर दाजु सम्पर्क विहीन भएको ठाउँ सम्म पुगेका थियौं। तर दाजु फेला परेनन् पनि हामिले हरेस खाएका छैनौँ म फेरी पनि मनाङ गएर आएको हु तर त्यहाँ केही भेटिएन हामी आशा मै छौ।‘ तारणीका भाइ विष्णु पन्तले भने।
उनले कसैको तारणी कसैको सम्पर्कमा आए घरको मोबाइल नम्बर ९८४०२९८३२२, ९८४८८३४६२४ मा जानकारी गराई दिन अनुरोध गरेका छन् । मनाङ जिल्लाका प्रहरी निरीक्षक चिरञ्जीवी पाण्डेयका अनुसार तारणी प्रसाद पन्त हराएको कार्तिक १० गते देखी नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, स्थानीय व्यापारीको सहयोगमा निरन्तर १२ दिन खोजी कार्य गरेको बताए। जिल्लाका जिल्ला प्रमुख अधिकारी समेत तारणी हराएको ठाउँमा पुगेका उनले बताए। उनले भने ‘तारणीको मोबाइलको अन्तिम लोकेसन हेर्दा मनाङको चामेमा नै रहेको छ।‘ ठाउँ बिकट जटिल अवस्था भएका कारण खोजीकार्य गर्न असहजिलो भएको निरीक्षक पाण्डेयले बताए ।
नेपाल बैङ्क मनाङ चामेका शाखा प्रवन्धक रामचन्द्र पंगेनीले बैङ्कको अनुरोमा स्थानीय पालिकाको सहयोगमा ड्रोन क्यामेराको सहयोगले तारणी हराएको ठाउँमा हेरेको तथा हेलेकप्टरको साहयताले पनि हेरेको तर केही कुनै नलागेको बताए।