सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेभ्ला कञ्चनपुरद्वारा ३५ औं स्थापना दिवसको अवसरमा वृद्धाश्रममा फलफुल तथा खाद्यान्न वितरण

कञ्चनपुर । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) जिल्ला समिति कञ्चनपुरले ३५ औं स्थापना दिवसको अवसरमा वृद्धाश्रममा फलफुल तथा खाद्यान्न वितरण गरेको छ। शनिबार साताव्यापी कार्यक्रम अन्तरगत वेदकोट नगरपालिका -०८ रौटेलामा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा फलफुल तथा खाद्यान्न वितरण गरेको हो।

उक्त कार्यक्रममा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन कञ्चनपुरका अध्यक्ष तेज राज जोशीको सभापतित्व रहेको थियो भने नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनका केन्द्रिय सचिव एवम् भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम खड्काको प्रमुख आतिथ्य रहेको थियो।

Mahakali Polytechnic

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन का केन्द्रिय सदस्य टेक बहादुर चन्दले नेभ्लाले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरी विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको बताए।

World Link Ads

Sana Kishan

त्यसैगरी कार्यक्रममा नेभ्लाका संस्थापक एवम् अग्रज शङ्कर दत्त जोशी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका योजना अधिकृत दिर्घ स्वार, नेभ्लाका निवर्तमान अध्यक्ष धर्मराज जोशी लगायत नेभ्लाका सदस्यहरू एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds