सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पवनदुत यातायातको दोस्रो अधिवेशन : चालकदेखि यातायात व्यवसायीलाई सम्मान, चार समाजिक संस्थालाई आर्थिक सहयोग

कञ्चनपुर । झण्डै अढाई दशकदेखि यातायात सेवा प्रदान गर्दै आएको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमा कञ्चनपुरका सवारी चालकदेखि यातायात व्यवसायीलाई सम्मान सहित चार समाजिक सङ्घ संस्थालाई आर्थिक सहयोग गरिएको छ । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले दुई चालकलाई सम्मान गरेको छ । पवनदुत यातायातकै बस चालकद्वय तिलक खत्री र सुरेन्द्र सिह बोहरालाई सम्मान गरिएको हो । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका बरिष्ठ उपाध्यक्ष महेश बोहराले कुशलतापुर्वक यात्रुलाई गन्तव्यमा पुर्याउने चालकद्वय खत्री र बोहरालाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको बताए ।

खत्री महेन्द्रनगर बैतडी रुट र बोहरा महेन्द्रनगर काटमाण्डौँ बस चलाउँदै आएका छन । खत्री झण्डै १० र बोहरा झण्डै १७ वर्षदेखि सार्वजनिक बस चलाउँदै आएका छन् । चालकद्वय बोहरा र खत्रीले सम्मानबाट आगामी दिनमा यात्रुलाई गन्तव्यसम्म सुरक्षित पुर्याउने थप जिम्मेबारी थपिएको बताए । पवनदुत यातायात केन्द्रीय कार्यालयका लेखापाल रमेश प्रसाद चटौत, प्रधान कार्यालय कर्मचारी जगदिश राज पाण्डे, काठमाण्डौँ काउण्टरका कर्मचारी धुव्र चौलागाईँ, बैतडी पुर्चौ’डी काउण्टरका रमेश रैकललाई समेत सम्मान गरिएको छ ।

Mahakali Polytechnic

साथै भुपेन्द्र प्रसाद पन्त र भरत पन्त व्यवसायीलाई समेत सम्मान गरिएको छ । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, कार्यक्रमका सभापति समेत रहेका पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष निरञ्जन मल्ल, भीमदत्त नगरका उपमेयर निलम लेखक, भीमदत्त १८ का वडाध्यक्ष रविन्द्र देवकोटा, ४ का वडाध्यक्ष सुशील भट्ट लगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रम सञ्चालक समेत रहेका पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव प्रसाद भट्टले विगत केही तीन वर्षदेखि नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुर, समाजकल्याण बाल अनाथालय महेन्द्रनगर, महिला तथा वृद्ध सेवा केन्द्र बनखेत र बैजनाथ वृद्ध सेवा केन्द्र रौटेलामा २५ हजारका दरले आर्थिक सहयोग गरिएको बताए ।

World Link Ads

समाजिक उत्तरदायित्व अन्तरगत चारै संस्थालाई आर्थिक सहयोग गरिएको बताए । पवनदुतका संस्थापक अध्यक्ष स्व . प्रेमसिह भण्डारीकी धर्मपत्नी लक्ष्मीदेवी भण्डारीलाई समेत सम्मान गरिएको छ । पवनदुतका महासचिव विष्णुदत्त जोशीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ०५७ सालदेखि अनवरत रुपमा यातायात सेवा प्रदान गर्दै आएको र ४ भदौँ ०७५ देखि समिति खारेजी गरिएको बताए । आर्थिक वर्ष ०७९/०८०देखि नियमित रुपमा रेडक्रस सहितका समाजिक सङ्घ संस्थामा समाजिक उत्तरदायित्व अन्तरगत सेवा प्रवाह गरिरहेको बताए । कार्यक्रममा यातायात व्यवसायी एव सरोकारवालाले यातायात सेवा गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन् ।

Sana Kishan

नेपाल यातायात राष्ट्रिय महासङ्घका सुप प्रदेशका संयोजक टेकराज जोशीले सरकारले आफुहरुले राम्रो गुणस्तरीय भरपर्दो सेवा दिनुपर्नेमा जोड दिएका छन । नेपाल यातायात राष्ट्रिय महासङ्घका उपाध्यक्ष डम्बराज पन्तले यातायात व्यवसायीमाथि अन्याय गरेको दुखेसो पोखेका छन । संस्था दर्ता ऐन ०३४ अनुरुप संचालन भईरहेका यातायात समितिलाई ०७५सालमा एक्कासी खारेजी गरेर प्रालिमा दर्ता गरेपछि झन समस्या भएको बताए । ‘हामी यातायात व्यवसायी एकजुट भएपछि सर्वोच्चले हाम्रा माग पुरा गरेको छ, ‘उनले भने, ‘अब सरकारले कार्यान्वयन गर्नुपर्छ ।’भीमदत्त नगरका उपप्रमुख निलम लेखकले यातायात क्षेत्र सुधारका लागि पालिका सरकारबाट आवश्यक सहयोग गर्ने बताईन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले यात्रुलाई गुणस्तरिय, भरपर्दो सेवामा प्रवाहमा जोडदिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले गुणस्तरिय, भरपर्दो सेवा प्रवाहमा जोडदिदै आफ्नो तर्फबाट आवश्यक सहयोगमा बचन दिए । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका सचिव राम बहादुर धामीले वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन गरिने बताए ।

पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका उपाध्यक्ष डम्बर विष्टले सहमतीय आधारमा कार्य समिति विस्तार गर्दै भावि दिनमा थप स्तरिय सेवामा जोडदिए । अहिले पवनदुतले भारतको दिल्ली, देहरादुनदेखि नेपालको राजधानी काटमाण्डौँ सहित पहाडी एव पुर्वी तराई स्थानीय क्षेत्रमा यातायात सेवा प्रवाह गर्दै आएको छ । कार्यक्रममा यातायात क्षेत्र सहितका सरोकावारला सहभागि भएका थिए ।

पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको अध्यक्षमा महेश प्रसाद बोहरा चयन भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्ष देवीदत्त पन्त, उपाध्यक्ष डम्बर बहादुर विष्ट, महासचिव विष्णुदत्त जोशी, सचिव राम बहादुर धामी, कोषाध्यक्ष भरत पन्त, सदस्य कृष्ण बहादुर विष्ट, टेक बहादुर ऐर, दुर्गादत्त भट्ट, तेजेन्द्र चन्द रहेका छन् । भने पूर्णसिंह हमाल लेखा संयोजक रहेका छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds