मलाई थाहा छ तिमी धेरै थकित छौ !
अपुरो निद्रा, भोको पेट, तिम्रो दौडधुप।
तिम्रो हतास, तिम्रो छटपटी,
तिम्रो एक्लोपन, तिम्रो वैराग्य।
यो सबैकुराको साक्षी म
कसरी तिमीलाई दुःख दिन सक्थे र ?
मैले आफूले कति बुझे,
यो मनलाई कति पटक बुझाए,
बढेको धड्कनलाई कति पटक थमथमाए।
न्यानो घाम लाग्दा, झरी पर्दा,
बिहान, साझँ, दिन, राात
कुनै क्षण छैन तिम्रो याद नआएको।
कति पटक बुझाऊँ यो छटपटी मनलाई ?
तिमिले नै मलाई
प्रेम कसरी गर्ने भनेर प्रश्न गर्यौ भने
म कहाँ जानू फेरि प्रेम पाठ पढ्न ?
को भेटिन्छ फेरि अर्को गुरु
जसले मलाई तिमीले जस्तै
प्रेम गर्न सिकाउँछ ?
सम्भव छ र तार टुटेको सारङ्गी बाट
फेरि मीठो सङ्गीत भर्न ?
खै कस्तो प्रेम गरेउ,
आफू हराउँदा अरुलाई तड्पन् हुने गरि।
आदत नबसाल्ने गरि प्रेम गर्न मिल्दैन र ?
मलाई धेरै कुर गर्न मन छ।
हामिले सँगै देखेका सपनाहरू
फेरि सम्झन मन छ,
मलाई हेर्न मन छ, तिलमिलाइ एकटकले ।
तिमी हाँसेको, तिमीले उत्साहित हुँदै
तिम्रो दिन मलाई बेलिबिस्तार गरेको।
मलाई धेरै बोल्न मन छ।
हातले पानको पात बनाउदै
मैले गर्ने माया देखाउन मन छ।
समय सधैँ एकनास पनि त हुँदैन ।
हिजो समय मात्र थियो र ?
हिजो माया पनि त थियो,
हिजो उपस्थिति पनि त थियो।
जुन तिमी हुनु भन्दा पहिला
कहिल्यै थिएनन् र ती सबै फेरि हुनेछन।
यसरी हुने छन कि,
ती फेरि नहुँदा त्यति पीडा कहिले परेको नहोस्।
यो सब त परिवर्तन भइनै रहन्छ।
केवल हाम्रो एक अर्का प्रतिको माया,
न्यानोपन, विश्वास र साथ।
आउ समीपमा !
बनौ एक लाखमा
तिम्रो सिरानी, मेरो काखमा अनि
बाँसुरीको धुनमा तिलमिलाइ झुलाउँछु।
लोरी सुनाउँछु, सफल प्रेमका कथा सुनाउँछु।
तिमी न हुँदाको मेरो छटपटी सुनाउँछु।
जानी नजानी नाच्छु, तिलमिलाइ
फकाउँछु, तिलमिलाइ हसाउँछु।
फेरि मेरो माया जालमा फसाउँछु।
आउ !
फेरि त्यो दिलमा यो दिल बसाउँछु।
हिमाल शाही
कैलाली