सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको अध्यक्षमा बोहरा

कञ्चनपुर । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको अध्यक्षमा महेश प्रसाद बोहरा चयन भएका छन । शनिबार महेन्द्रनगरमा पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत बोहरा चयन भएका हुन् ।

पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव प्रसाद भट्टले सर्वसम्मतीय आधारमा अध्यक्ष सहित पदाधिकारी, सदस्य नयाँ कार्य समिति चयन भएको बताए ।

उनका अनुसार बरिष्ठ उपाध्यक्ष देवीदत्त पन्त, उपाध्यक्ष डम्बर बहादुर विष्ट, महासचिव विष्णुदत्त जोशी, सचिव राम बहादुर धामी, कोषाध्यक्ष भरत पन्त, सदस्य कृष्ण बहादुर विष्ट, टेक बहादुर ऐर, दुर्गादत्त भट्ट, तेजेन्द्र चन्द रहेका छन । भने पूर्णसिंह हमाल लेखा संयोजक रहेका छन् ।

Mahakali Polytechnic

World Link Ads

पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका दोस्रो पटक सचिवमा चयन भएका युवा व्यवसायी राम बहादुर धामीले सहमतीय आधारमा समिति चयन भएसँगै थप सेवा विस्तारका कार्यक्रम अघि बढाइने बताए ।

Sana Kishan

पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको अध्यक्षमा सर्वसम्मत चयन भएका महेशराज बोहराले व्यवसायीको हकहितका साथै गुणस्तरीय सेवा विस्तारमा प्रतिबद्धता जोहर गरेका छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds