जब मन जले जस्तो लाग्छ तिम्रो याद आउँछ
अब दिन ढले जस्तो लाग्छ तिम्रो याद आउँछ
जताततै अँध्यारो मात्रै देखिन्छ के आशा गर्नु
बत्ती नै नबले जस्तो लाग्छ तिम्रो याद आउँछ
कहिले म आफैले आफैलाई बर्सिन्छु कहिले
भाग्यले छले जस्तो लाग्छ तिम्रो याद आउँछ
अँध्यारो भए सङ्गै उज्यालो देखिन्छ सहरमा
मुखौटो बदले जस्तो लाग्छ तिम्रो याद आउँछ
मिर्मिरेमा उठेर कुदिन्छ राती अबेर फर्किदा
फतक्कै गले जस्तो लाग्छ तिम्रो याद आउछ
बोतलको पानी साहारा बन्छ मन बहलाउने
दुनियाँ हल्ले जस्तो लाग्छ तिम्रो याद आउँछ
अँध्यारो भए सङ्गै उज्यालो देखिन्छ सहरमा
धर्मानन्द भट्ट
25 पोस्ट
धर्मानन्द भट्ट सुदूरपश्चिम खबरका सल्लाहकार हुन् ।
सम्वन्धित समाचार