सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

युट्युबले भिडिओमा आउने विज्ञापनको ‘स्किप बटन’ हटाउँदै छ ?

काठमाडौं । केही समयअघि सामाजिक सञ्जाल रेडिटमा प्रयोगकर्ताले युट्युब विज्ञापनमा देखिने ‘स्किप बटन’मा नयाँ परिवर्तन आएको उल्लेख गरेका थिए । पोस्ट मार्फत उनीले उक्त ‘स्किप बटन’ कालो÷खैरो आयातकार आकारले ढाकेको उल्लेख गरेका थिए । पछिल्लो समय भने विज्ञापन स्किप गर्नुअघि द‍ेखिने काउन्टडाउन टाइमर पनि हटाइएको उनीहरूको दाबी थियो ।

यसलाई लिएर कतिपयले विज्ञापन स्किप गर्न युट्युबले कठिन बनाउन लागेको अनुमान गरेका छन् । केहीले भने युट्युब भिडिओ हेर्दा देखिने स्किप बटन नै हटाउन लागेको अड्कल काटेका छन् । कुनै पनि भिडिओ हेरिरहँदा एक्कासि विज्ञापन आउँदा पक्कै राम्रो अनुभव हुँदैन । त्यसले युजर एक्सपिरियन्सलाई पनि असर गर्छ ।

तर, यस्तो हल्ला चलिरहँदा युट्युबले भने स्किप गर्न मिल्ने विज्ञापनमा स्किप बटन अझै पनि पाँच सेकेन्डपछि मात्र आउने जनाएको छ । बढीभन्दा बढी प्रयोगकर्ताले विज्ञापनमा ध्यान दिन सकुन् भनेर विज्ञापनलाई सरल बनाउन लागेको युट्युबको भनाइ छ ।

सोही कारण काउन्टडाउन टाइमरको साटो प्रोगेसबार देखाउन केही परिवर्तन भइरहेको युट्युबले प्रतिक्रिया दिएको छ । युट्युबको विज्ञप्तिमा समेत विज्ञापनको स्किप बटनलाई हटाउने कुरा उल्लेख छैन । तर, कम्पनीले एड ब्लकर बन्द गर्न व्यापक रूपमा भने काम गरिरहेको जनाएको छ । यद्यपि यी परिवर्तन सबै प्रयोगकर्ताले अनुभव गर्न भने पाएका छैनन् । आगामी दिनहरूमा यी परिवर्तन अन्य प्रयोगकर्ताहरूमा पनि देखिन सक्ने अनुमान गरिएको छ । टेकपानाबाट सभार 

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds