Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘द स्कुल वाल’ ले जित्यो उत्कृष्ट राष्ट्रिय बालचलचित्र पुरस्कार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २३, २०८१
‘द स्कुल वाल’ ले जित्यो उत्कृष्ट राष्ट्रिय बालचलचित्र पुरस्कार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं । ‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यस लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् ।
छैटौं अन्तराष्ट्रिय साँंस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय प्रतिस्पर्धाको निर्णायकमा बरिष्ठ संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङदेन र टेलिभिजनकर्मी टिकाराम यात्री थिए ।
बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ यसअघि रसियाको किनो चलचित्र महोत्सवको फाईनलमा पनि विजेता बनेको थियो । नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, इटालीको वर्क एण्ड इन्टरप्राइजेज फिल्म फेस्टिभल अवार्ड, इजिप्टको पोर्ट सेड फिल्म फेस्टिभल, ब्राजिलको फेस्टिभल द सिनेमा स्टुडेन्टि द ग्युबा, अमेरिकाको स्मलरिग्स अवार्ड र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाईम फिल्म मेकर सेसन्समा छनोट भएको थियो । ‘द स्कुल वाल’ नेपालको इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल, थाहा चलचित्र महोत्सव, नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल अफ्रिका फिल्म फेस्टिभलमा समेत छनोट भएको छ ।
‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएकोे छ । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र विकास बोर्डमा समापन भएको छैटौं अन्तराष्ट्रिय साँंस्कृतिक चलचित्र महोत्सवमा सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवं महोत्सवका राष्ट्रियतर्फ निर्णायक प्रमुख शम्भुजीत बासकोटा, नेपाली र विदेशी निर्णायकहरू, अग्रज अभिनेत्रीहरु बसुन्धरा भुसाल, भुवन चन्द, चैतेदेवी सिंहले लगायतले विजेताहरूलाई अवार्ड प्रदान गरेका थिए । चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सहआयोजनामा आयोजित महोत्सवमा ४७ देशका ९८ वटा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा थिए । यि सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो ।
महोत्सवमा अन्तराष्ट्रियतर्फ आठ जना विदेशी निर्णायकहरू मध्ये भारतबाट निपोन धौला, जर्मनीबाट फाविन मात्थियस, इरानबाट तिमा टाघिजादेह, बहराइनबाट इभा दाउद र रुसबाट इरिना बेराजी महोत्सवमा उपस्थित रहेका थिए ।
कार्यक्रममा सञ्चारमन्त्री गुरुङले चलचित्रको विकास र विस्तामा यस्तो महोत्सव निकै उपयोगी हुने बताए । उनले सबै विदेशी अतिथिहरुलाई भगवानको रुपमा आफूहरूले लिने गरेको भन्दै आउँदो वर्षहरुमा पनि महोत्सवमा सहभागी हुन विदेशीहरूलाई अनुरोध गरे । बोर्डका अध्यक्ष डिसीले चलचित्र विकास बोर्डको सहकार्यमा निकै राम्रो महोत्सव सम्पन्न भएको बताए । उनले नेपालमा हुने गरेका अन्तर्राष्ट्रिय महोत्सवले नेपाललाई विश्वमा चलचित्रमार्फत चिनाएको धारणा राखे ।
महोत्सवका अध्यक्ष एवम् निर्देशक सन्तोष सुवेदीले नेपालमा महोत्सव आयोजना गर्न निकै गाह्रो हुने गरेको बताए । नेपालको राजधानी काठमाडौंमा ४७ देशका चलचित्रहरु समावेश गरेर महोत्सव गर्न पाउँदा आफुलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनी बताउँछन् ।
सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक
विज्ञान र प्रविधि

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक

जेष्ठ २२, २०८३
एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन
विज्ञान र प्रविधि

एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन

जेष्ठ १९, २०८३
शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी
फ्ल्यास हेडिङ

शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व