पैसामा दुनियाँ छ पैसाकै लागि मारामार छ
जसले जेसुकै भन तर पैसामा यो संसार छ
पैसामा आदर्शको भारी किन्न पाइन्छ यहाँ
यो नाता सम्बन्ध दोस्ती छ पैसामा प्यार छ
सहयोग त परम्परा हो औपचारिकता रहेछ
सब भन्ने कुरा हुन मित्र चलेको कारोबार छ
सबैले हिसाब किताब गरेको हुदोरहेछ पैसा
नहोस् त पैसा जे सुकै भन दुनियाँ बेकार छ
हिसाब गरौंला कुनै दिन एकन्तमा जिन्दगी
हेर्नुस् पैसा बिनाको जिन्दगी केवल भार छ
अरु तपसीलका कुरा फोस्रा गफ नदिनुस
पैसा होस् तबमात्रै बल्ल जिन्दगी बहार छ
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post