Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मस्तले निदाउन सुत्नुअघि गर्नुस् यी काम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मस्तले निदाउनु हाम्रो शारीरिक र मानसिक स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ । निद्राको कमीले थकान र तनाव त बढ्छ नै यसले हाम्रो प्रतिरक्षा प्रणाली, स्मरणशक्ति र काम गर्ने क्षमतामा पनि नकारात्मक असर पार्छ । तसर्थ, सुत्नुअघि केही बानीहरू अपनाउँदा निद्राको गुणस्तरमा सुधार आउनुको साथै दिनभर स्फूर्त रहन पनि मद्दत मिल्छ ।

तर कयौँलाई राति राम्रो निद्रा नलाग्ने वा लागे नै पनि बेला बेलामा ब्युँझिहाल्ने समस्या छ । तपाईं पनि यो समस्याबाट गुज्रिरहनु भएको छ भने यो लेख तपाईंकै लागि हो । मस्तले निदाउन सुत्नु अघि यी काम गर्नुस् ।

निश्चित समयमा सुत्ने र उठ्ने बानी बसाल्नु निद्राका लागि निकै फाइदाजनक छ । यस्तो बानी बस्यो भने सो समय आएपछि शरीरले पनि अब आराम गर्ने समय भइसक्यो भन्ने बुझ्छ । दिमागलाई शान्त बनाउन मद्दत मिल्छ । हप्ताको सातै दिन एकै समयमा सुत्ने र उठ्ने प्रयास गर्नुस्, ताकि शरीरको प्राकृतिक घडी (सर्केडियन रिदम)ले ठिकसँग काम गर्न सकोस् ।

स्क्रिनको प्रयोग धेरै नगर्ने

सुत्नुअघि टिभी, मोबाइल, ल्यापटप आदिको अत्यधिक प्रयोग नगर्नुस् । यी उपकरणहरूबाट बाहिर निस्कने निलो प्रकाशले हाम्रो निद्रामा बाधा पुर्‍याउँछ र मेलाटोनिन (निद्रा उत्प्रेरित गर्ने हर्माेन)को उत्पादन घटाउँछ । त्यसैले सुत्नुभन्दा कम्तीमा ३० मिनेटअघि इलेकट्रोनिक उपकरणबाट टाढा रहनुहोस् ।

हल्का खाना खाने

राति हल्का र सजिलै पच्ने खाना खानु निद्राका लागि फाइदाजनक हुन्छ । भारी खानाले पेटमा ग्यास, अपच वा एसिडिटीजस्ता समस्या निम्त्याउन सक्छ, जसले निद्रामा बाधा पुर्‍याउँछ । सुत्नुअघि धेरै चिल्लो वा मसालेदार खानेकुरा पनि खानुहुन्न । सुत्नुभन्दा दुई घण्टाअघि खाना खाइसक्नुहोस् ।

ध्यान वा प्राणायाम गर्ने

ध्यान र प्राणायामले मानसिक शान्ति त प्रदान गर्छ नै यसले तनाव र चिन्तालाई पनि हटाउँछ । सुत्नुअघि केही मिनेट ध्यान वा गहिरो सास फेर्ने अभ्यासले दिमागलाई शान्त पार्छ र मस्तले निदाउन मद्दत गर्छ । यसले मानसिक शान्तिका साथै शरीरलाई आराम दिन्छ ।

तातो दूध वा हर्बल चिया पिउने

सुत्नुअघि एक गिलास तातो दूध पिउनु निकै फाइदाजनक हुन्छ । दूधमा पाइने ट्रिप्टोफान नामक एमिनो एसिडले शरीरमा मेलाटोनिनको स्तर बढाउँछ, जसले राम्रो निन्द्रा लगाउँछ । यस बाहेक क्यामोमाइल जस्ता हर्बल चियाले पनि मानसिक तनाव कम गर्न र निद्रा लाग्न मद्दत गर्छ ।

आरामदायक वातावरण सिर्जना गर्ने

सुत्नुअघि आफ्नो कोठाको तापक्रम, प्रकाश र आवाजमा ध्यान दिनुस् । राम्रो निद्राको लागि आरामदायी र शान्त वातावरण चाहिन्छ । अँध्यारो, सही तापक्रम र कम आवाजले निद्राको गुणस्तर बढाउँछ । सम्भव भएसम्म हल्का सुगन्ध (जस्तैः ल्याभेन्डर)को प्रयोग गर्न सक्नुहुन्छ । यसले निद्रामा सुधार ल्याउँछ ।

नकारात्मक विचारबाट टाढा रहने

अधिकांश समय सुत्नु अघि हाम्रो दिमागमा नकारात्मक वा चिन्तित विचारहरू आउँछन् । जसले हाम्रो निद्रालाई असर गर्छ । राति सुत्न ओछ्यानमा जानु अघि दिनभरका राम्रा कुरा डायरीमा लेख्न सक्स् । यसले दिमागलाई खुसी र सन्तुलित राख्छ । सकारात्मक सोच र दिनको उपलब्धिहरूमा ध्यान केन्द्रित गर्नाले दिमागमा शान्ति ल्याउँछ र राम्रो निद्रामा मद्दत गर्दछ ।

हलुका व्यायाम

दिनको समयमा गरिने व्यायामले शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्छ । तर सुत्नुअघि भने भारी व्यायाम गर्नुहुन्न । यस्तो व्यायामले धेरै ऊर्जा खान्छ अनि निदाउन कठिनाइ हुन सक्छ । सुत्नुअघि केही गर्न चाहनुहुन्छ भने हल्का स्ट्रेचिङ वा योगको सहारा लिन सक्नुहुन्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व