लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर
सब सामन्त दलालहरूलाई धपाउनु पर्छ भनेर
अचेल सम्झिन्छु कस्तो भुल गरिएछ ऊ बेला
दुनियाँ लागेको देखिन्छन् कमाउनु पर्छ भनेर
मित्रहरूले हेर्न छोडेको धेरै भयो के आशा गर्नु
दुस्मनलाई देखाउन पनि मुस्कुराउनु पर्छ भनेर
मेरो विवेकले जता डोर्याउछ उतै जाने मान्छे
तर मान्छेहरू लागेका छन् फकाउनु पर्छ भनेर
त्यहीँ मान्छे डिस्कोबाट निस्किदै गरेको भेटियो
जो सिकाउथ्यो क्रान्तिका गीत गाउनु पर्छ भनेर
आज मार्न हिडेको छ हतियार बोकेर सडकमा
Discussion about this post