विश्वास लाग्दैन ऊ समुद्र तरेर फर्किन्छ
तर एक मनले भन्छ एक फेर फर्किन्छ
अँध्यारो देख्न थाले सम्झिएला पक्कै
घर छोडेर जानेले घर खोजेर फर्किन्छ
समय रहेछ सबैको स्वरुप बदल्ने सधैं
उडेर गएको वाफ पानी बनेर फर्किन्छ
घरमा मान्छे कुरेको हुन्छ उसैगरी दैलो
फर्कने मान्छे किन सधैं अबेर फर्किन्छ
उड्नेलाई के गुसासो गर्छौ बस्नेहरूले
उडोस् ऊ पनि जिन्दगी पढेर फर्किन्छ
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post