सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिता सुरु

कञ्चनपुर – दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमका बिच उक्त प्रतियोगिताको उद्‌घाटन गरिएको छ।

प्रतियोगितामा कञ्चनपुरका ३२ विद्यालयका ३५ टिम सहभागि हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र सहित प्रथम पुरस्कार रू ५५ हजार ५ सय ५५ र द्वितीय पुरस्कार रू २५ हजार ५ सय ५५ राखिएको छ। खेलहरू आइतबारदेखि भीमदत्त नगरपालिका १५ स्थित फुटसल कोर्टमा हुनेछन्।

खेल ५ समुहमा खेलाइने छन् भने प्रतियोगिता १० दिनसम्म चल्ने छ। प्रतियोगितामा सहभागि टिमहरूलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो भने स्व. बासुदेव बोहराका ज्येष्ठ सुपुत्र गौरव बोहराको सभापतित्व रहेको थियो।

Mahakali Polytechnic

प्याब्सन कञ्चनपुरका जिल्ला सचिव राकेश बहादुर चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल भारत मैत्री सङ्घका अध्यक्ष कृष्ण प्रसाद पाठकले स्वागत मन्तव्य राखेका थिए।

World Link Ads

कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, रुद्रध्वज गणका गणपति दीपक खडका, श्री श्रीदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति राजीव जङ्ग ठकुरी, एनप्याब्सनका केन्द्रिय अध्यक्ष श्याम सिह मौनी, एनप्याब्सनका प्रदेश सचिव बिर बहादुर चन्द, लगायतको विशिष्ट आतिथ्य रहेको थियो।

Sana Kishan

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पूर्व सन्ध्यामा ज्ञान भण्डार महेन्द्रनगरले स्वर्गीय बासुदेव बोहरा स्मृति मैत्रीपूर्ण फुटबल प्रतियोगिताको समेत आयोजना गरेको थियो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.