सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त १३ मा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ मा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। शनिबार झोलुङ्गे पुल बाट सुरु भएको कार्यक्रममा केदार सहमिल सम्म सरसफाई गरिएको हो।      

जनचेतनाको कार्यक्रमहरूलाई अगाडि बढाउने उद्धेश्यले आयोजना गरिएको उक्त सरसफाई कार्यक्रममा नेपाल प्रहरी, नगर प्रहरी, टोल विकास संस्थाका पदाधिकारी तथा स्थानिय गरी ६० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

वडाले शुरु गरेको सरसफाई अभियान अन्तरर्गत पहिलो चरणमा वडाका मुख्य सडकहरूमा सफाई गरिएको वडा अध्यक्ष रामचन्द्र बोहोराले बताएका छन्। उनले वडामा सडक बत्ती समेत छिट्टै जडान गरिने बताएका छन्। सडकमा गाई वस्तु छाड्ने, फोहोर फाल्ने जस्ता कार्य नगर्न वडा अध्यक्ष बोहराले वडाबासीलाई अनुरोध समेत गरेका छन्। उनले भने ‘मन सफा भएमात्रै हामी हाम्रो वातावरण पनि सफा राख्न सक्ने हौं, वातावरण सफा छैन् भने विभिन्न रोगहरूको सिकार भईन्छ तसर्थ फोहोर व्यवस्थापन गर्न सबैले आआफ्नो तर्फबाट हातेमालो गर्न अति आवश्यक छ। सडकमा फोहोर फाल्ने, गाईबस्तु बांध्ने कार्य नगर्न हामीले आफैबाट सुरवात गर्न आवश्यक छ।’ साथै सडकमा राखिएका निर्माण सामाग्री लगायत अन्य सामग्रीहरू पनि आफ्नो अधिकार क्षेत्रभित्र राख्न उनले अनुरोध गरेका छन्।

Mahakali Polytechnic

World Link Ads

आगामी दिनमा पनि वडाले सरसफाई कार्यक्रमहरूलाई निरन्तरता दिने उनको भनाई रहेको छ।

Sana Kishan

सरसफाई कार्यक्रम बाट ३ ट्राली बराबरको फोहोर संकलन गरिएको वडा कार्यालयले जनाएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds