सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलौरीको शिवनगरमा ‘कञ्चनपुर टि–टवा्न्टी क्रिकेट प्रतियोगिता’ हुँदै 

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा ‘कञ्चनपुर टि–टवा्न्टी क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ । बेलौरी स्थित सिद्धेश्वर जय पृथ्वी क्लबले बेलौरी नगरपालिका १० शिवनगरमा वडा दशैँ तथा दिपावलीको अवसर पारेर असोज २४ गतेदेखि सिद्धेश्वर माविको खेल मैदानमा खुल्ला कञ्चनपुर टि–टवा्न्टी  क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । 

प्रतियोगिता असोज २४ गतेदेखि कार्तिक ५ गतेसम्म सञ्चालन गरिने खेल सञ्चालक समिति संयोजक दीपक खड्काले बताए । प्रतियोगिताका सबै खेल लेदर बलले खेलाइने छन ।संयोजक खड्काका अनुसार स्थानीय स्तरमा खेलाडीले आफ्नो प्रतिभा देखाउन मिल्ने  गरी खेल लेदर बलले खेलाइने छ । प्रतियोगिताभरि क्यानको आधिकारिक व्यक्‍तिद्वारा निगरानी समेत रहने भएकोले खेलाडी छनोटमा सहयोग हुने छ संयोजक खड्काको विश्वास छ  । 

खेल नक आउट प्रकृयाका खेलाइने छ । प्रतियोगिता खुल्ला खेलाइने हुँदा भारतीय टिमले समेत खेलमा सहभागि जनाउन पाउने छन् । प्रतियोगिताको उपाधि जित्ने टिमले १ लाख र उपविजेता टिमले ५० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । 

प्रतियोगितामा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई १० हजार , वेस्ट ब्याट्समेनबेस्ट बलर  लाई ५ -५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताभरिकै प्रत्येक खेलमा म्यान अफ द् म्याच हुने खेलाडीलाई १ हजार सहित ट्रफी प्रदान गरिने खेल सञ्चालक समितिका सह सचिव नारायण जोशीले बताए 

Mahakali Polytechnic

प्रतियोगिताको सेमिफाइनल खेल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिने खेल सञ्चालक समितका संयोजक नरेश शाहले बताए । प्रतियोगितामा सहभागी हुने टिमलाई १० हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।  

World Link Ads

प्रतियोगिता सञ्चालनको लागि क्लबले १० सदस्यीय टोलीको खेल सञ्चालक समिति गठन गरिसकेको छ । खेल सञ्चालक समितिको संयोजकमा दीपक खड्का  ,सह संयोजक नरेश शाह ,सचिव सन्तोष पन्त ,सहसचिवमा  नारायण जोशी , कोषाध्यक्षमा सञ्जय शाही र फिल्ड तथा स्वयंसेवक व्यवस्थापनमा निराजन शाह लाई जिम्मेवारी तोकिएको छ । सञ्चालक समितिका पदाधिकारीहरूलाई फरकफरक जिम्मेवारी तोकी प्रतियोगिता सञ्चालनको कार्य भइरहेको संयोजक दीपक खड्काले बताए । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds