कसैले देखाएको छ कसैले लुकाएको छ
कसै कसैले लोकतन्त्र खुब फलाएको छ
अब बनाउन बाकी कुना कन्दरा मात्रै हो
शासकहरूले वरिपरि सारा बनाएको छ
बसेको कुरो बुझ्दैन आफूबाहेक कसैको
उडेको मान्छे फर्किदैन उतै रमाएको छ
गाउँ रित्तिदै छन् के गर्नु तिम्रो संघीयता
आउन त गाउँमै सिंहदरबार आएको छ
सन्त सामन्त सबै सहर पसे छन् सायद
गाउँघरतिर सुनसान सन्नाटा छाएको छ
समय पनि सबैलाई सँगै बोक्न सक्दैन
हो कतै अस्ताएको छ कतै उदाएको छ