आज फेरि खुसी र पीडा सँगै घर आएको छ
आजै छोराले पास भएको खबर सुनाएको छ
हामी खुसी हुनु वा दुखी सन्ततिको सपना हो
उसको उड्ने सपनाले हाम्रो मन डराएको छ
यस्तो कसरी भयो मुलुकमा म आफै हैरान छु
परीक्षा सकेकै भोलिपल्ट भिजा लगाएको छ
कसरी सम्झाउनु कसको उदाहरण दिनु मैले
ऊ भन्छ यो देशमा पढेर कसले के पाएको छ
भविष्यको आशा नभएर त माटो छोड्दै छन्
जसले आकर्षित गर्नुपर्थ्यो उहीँ गन्हाएको छ
किन रोक्न सक्दैन सरकार यो देशको अझै
जसले सानोमै आफ्नो प्रतिभा देखाएको छ