Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सञ्जीवनी सरह शीतलचिनी, यस्तो छ महत्व

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३२, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

धनसिहं धामी, कञ्चनपुर – नेपालको अनुकुल वातावरणमा राम्रो स्वास्थ्य र आम्दानीको श्रोत बन्दै गइरहेको सञ्जीवनी सरह शीतलचिनीले आम जनमानसमा आफ्नो स्थान पाउँदै छ । शीतलचिनी छिटो हुर्किने, सुख्खा सहन सक्ने एक अद्भूत वृक्ष हो ।

शीतलचिनिको लाभदायिक गुण पहिले नै बैज्ञानिक तथा डाक्टरहरुले पत्ता लगाई उपयोग गर्न सुझाए पनि खासै नेपालमा यसले प्राथमिकता पाउन सकेको थिएन । लामो समय पछि यसको महत्व बारे थाहा पाएपछि प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गइरहेका छन् । बालबालिकालाई कुपोषणबाट बचाउन अनेक कार्यक्रम ल्याइन्छन्, घर वरिपरि भएका बिरुवाको वास्ता नगरेर बाहिरबाट आएका भिटामिनको नाममा अन्य खानेकुरा दिइन्छ । 

तर, शीतलचिनी जस्तो वनस्पतिको वास्ता गरिँदैन। शीतलचिनीमा मानव शरीरलाई आवश्यक पर्ने सबै किसिमका पोषण तत्‌व पाइन्छन् । अङ्ग्रेजीमा मोरिङ्गा भनिने यो वनस्पतिलाई सायद विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीतिनिर्माताको आँखा खुल्छ कि? यो वनस्पति तराई तथा मध्यपहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिन्छ । तराईतिर यसलाई सोहिजन, सैजन, सजिउन, मुन, मोरिङ्गाका नामले चिनिन्छ, कतै शीतलचिनी पनि भनिन्छ ।

 कृषि विकास मन्त्रालयले नै उपलब्ध गराएको तथ्याङ्क अनुसार तराईका १३ जिल्लाको ६७ हेक्टरमा वार्षिक पाँच सय ५४ मेट्रिक टन शीतलचिनी उत्पादन हुन्छ । यसको कलिलो कोसा बजारमा बिक्री हुन्छ र तरकारी खाइन्छ । तर, अन्य भागमा यसको उपयोगिताबारे आम उपभोक्ता जानकार छैनन् । शीतलचिनीको फल पोषणयुक्त हुन्छ । यसमा कीरा पनि खासै लाग्दैन । व्यावसायिक उत्पादनमा धेरै सम्भावना रहेको शीतलचिनी खेती गरिनु पर्दछ । शीतलचिनीको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । यसलाई पाउडर बनाएर, बालबालिकालाई दिँदा उनीहरूको शरीरमा पौष्टिक तत्व पुग्छ । 

भिटामिन ‘ए’ को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राति आँखा नदेख्ने समस्या सँगै झाडापखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने, कुपोषण बढ्दै जाने हुँदा यसको सेवनले सञ्जीवनीको काम गर्छ । शीतलचिनीले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि अच्यूत औषधिको काम गर्छ । तर हामी धेरैलाई यसको गुण थाहा छैन् । यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन्। विज्ञका अनुसार शीतलचिनी जस्तो गुण भएको बिरुवा अर्काे पाउन गाह्रै पर्छ । 

अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अण्डामा पाइने जत्तिकै गुणकारी हुन्छ । यो वनस्पतिबारे विश्व स्वास्थ्य संगठनले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दै छ । अनुसन्धानबाट पत्ता लागेको छ कि शीतलचिनीको पातमा कार्बोहाइट्रेट पनि हुन्छ । अर्थात् यसको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ । एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो । बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन भएका महङ्गो औषधि दिनु भन्दा करेसावारिमा उत्पादन गरेर सित्तैमा पाइने शीतलचिनी खान दिनु पर्छ । 

शीतलचिनीको बीउँबाट बनाइएको तेलचाहिँ ओलिभ तेल जत्तिकै राम्रो हुन्छ भनेर अनुसन्धानले देखाएको छ । ओलिभ तेलको उपयोग बिशेष परिवारहरुले गर्ने हुँदा शितलचिनीबाट बनाइएको तेलबारे कसैले वास्ता नै गर्दैनन । शीतलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिन्छ । यस्तो वनस्पति पाइने हाम्रो नेपालमा यहाँका बालबालिकामा कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनु जस्तै हो । दक्षिण एसियामा पाइने यो वनस्पति हजारौँ वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ । आयुर्वेदमा यो वनस्पतिले तिन सय जति रोगको उपचार गर्छ भनिएको छ । यसलाई कतिले त जादुको रूख पनि भन्छन । 

यसलाई जादुको रूख भनिनुको कारण सायद यसमा धेरै प्रोटिन, गाजरमा भन्दा बढी भिटामिन ए, केरामा भन्दा बढी पोटासियम र दूधमा भन्दा बढी क्याल्सियम भएर हो । यसमा रोगसँग लड्ने शक्ति हुन्छ, आमाको दूध बढाउने तत्व हुन्छ भनेर आयुर्वेदमा लेखिएको छ । केही अनुसन्धानले यसको प्रयोगबाट उच्च रक्तचाप घट्न सक्ने सम्भावना देखाएको छ । धेरै औषधिय गुण रहेको शीतलचिनीको पाउडर र तरकारी बनाएर यसको महत्व बुझेका व्यक्तिहरुले खाने गरेको पाईन्छ । शीतलचिनीको विरुवा घर घरमा लगाउने हो भने यसले एकातिर औषधिको रुपमा अर्को तिर तरकारीको रुपमा पनि प्रयोग हुने र व्यवसायीक खेती गरे आमदानिको श्रोत बढ्ने देखिन्छ । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व