कञ्चनपुर – दार्चुलाको मालिकार्जुन गाउँपालिका (लेखापाल) लेखा प्रमुख पुष्कर सिह विष्टले जन्मदिनको अवसरमा बेसहारा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन् । मालिकार्जुन गाउँपालिका (लेखापाल) लेखा प्रमुख विष्टले जन्मदिनको अवसरमा कञ्चनपुरका बेसहारा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन ।
लेखा प्रमुख विष्टले बुधबार वेदकोट नगरपालिका -८ रौटेलामा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा बस्दै आएका बेसहारा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन् । लेखा प्रमुख विष्ट आफू दार्चुला कार्यक्षेत्रमा रहेका बेला कञ्चनपुर महेन्द्रनगरमा रहेका आमाबाबु (गजी विष्ट, मोतीदेवी विष्ट) र आफन्त इन्द्र सिह साउद मार्फत वृद्धाश्रममा खाद्यान्न वितरण गर्न लगाएका छन् ।
लेखा प्रमुख विष्टले वृद्धाश्रममा चामल, दाल, तेल, नुन जेरी, दही सहित फलफूल सहयोग गरेका हुन । लेखा प्रमुख विष्टले हरेक वर्ष आफ्नो जन्मदिनका अवसरमा कहिले अनाथ, बालबालिका कहिले बेसहारा ज्येष्ठ नागरिकलाई यसरी सहयोग गर्दै आएका छन् । लेखा प्रमुख विष्टले आगामी दिनसम्म निरन्तर जन्मदिनमा समाजसेवा गर्दै जाने बताएका छन् । सरकारी कर्मचारी विष्टले आफ्नो खुसियालीमा रहेका वर्ष जन्मदिनमा फजुल खर्च भन्दा समाजमा रहेका बेसहारा नागरिकलाई सहयोग गर्दै आएपछि उनको प्रशंसा भइरहेको छ ।