काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जारी ११औँ खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर चितवनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
चितवन राइनोजको यो प्रतियोगितामा तेस्रो खेल हो भने सुदूरपश्चिम रोयल्सले चौथो खेल खेल्दैछ।
चितवनले पहिलो खेलमा विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने वर्षाका कारण लुम्बिनी लायन्ससँग अङ्क बाँडेको थियो।
यता, सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको सुदूरपश्चिम तेस्रो खेलमा विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको थियो।
यसअघि आजै भएको पहिलो खेलमा काठमाडौंले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो।








Discussion about this post