Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी हुन् मिर्गौलामा पत्थरी भएका बिरामीले छुनै नहुने खानेकुरा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २०, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मिर्गौलाको पत्थरी आजको समयमा धेरैलाई पिरोल्ने समस्या बनेको छ । मिर्गौलाले फोहोरलाई राम्ररी फिल्टर गर्न नसक्दा यसमा फोहोर जम्मा भएर पत्थरी बन्ने गर्छ ।

मिर्गौलाको पत्थरीको उपचार गरिएन भने मिर्गौलाको कार्य क्षमता कम हुँदै जान्छ र मिर्गौला फेल पनि हुन सक्छ । हाम्रो खानपानले पत्थरीमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले मिर्गौलाको पत्थरी भएका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ भनेर स्वास्थ्य विज्ञहरू भन्छन् । पत्थरीको आकार नबढोस् भनेर मिर्गौलाको पत्थरी भएका बिरामीहरूलाई सामान्यतया स्वस्थ र सन्तुलित आहार खान सल्लाह दिइन्छ ।

यिनीहरूलाई बढी नुन र माछा मासुको सेवनबाट पनि टाढा रहन सल्लाह दिइन्छ । यसबाहेक अमिलो खानेकुराको सेवन पनि कम गर्न भनिन्छ । मिर्गौलामा पत्थरी भएका मानिसहरूले प्रशस्त पानी पिउनुपर्छ । कहिलेकाहीँ चाहिँ पत्थरी सानो आकारको छ भने पिसाबबाट बाहिर निस्कन सक्छ । त्यसैले शरीरमा पर्याप्त मात्रामा पानी हुनु अति आवश्यक हुन्छ । आजको यस लेखमा हामीहरू मिर्गौलामा पत्थरी भएका बिरामीहरू छुनै नहुने केही खानेकुराबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार छन्:

–आहारविज्ञका अनुसार बढी नुनको सेवनले मिर्गौलाको पत्थरीको समस्या बढाउन सक्छ । जङ्क फुडमा नुनको मात्रा धेरै हुन्छ, जसका कारण जङ्क फुड र अन्य नुनिलो खानेकुराबाट टाढा रहनुपर्छ ।

– धेरै प्रोटिन भएको खानाले पनि मिर्गौलाको पत्थरीको समस्या बढाउन सक्छ । विशेष गरी पशुबाट पाइने प्रोटिनहरू जस्तै: अण्डा, मासु, माछा र अन्य ननभेज खानेकुराहरू खानु हुन्न । प्रोटिनले युरिक एसिड बढाउँछ, जसले पत्थरीको समस्या बढाउन सक्छ ।

– रोग प्रतिरोधात्मक क्षमताका लागि सिट्रस फलफूललाई रोग फाइदाजनक मानिन्छ । तर मिर्गौलामा पत्थरी भएका बिरामीले यी खानेकुरा सीमित मात्रामा मात्र खानुपर्छ । सिट्रस फलफूलमा भिटामिन सी हुन्छ । यसको अधिक मात्राले अक्सलेट उत्पादन बढ्छ जसका कारण मिर्गौलामा पत्थरी बढ्छ ।

– मिर्गौलाको पत्थरीबाट पीडित व्यक्तिहरूले पालुङ्गो खानु हुन्न । यसमा अक्सालिक एसिडको मात्रा बढी हुन्छ, जो शरीरमा अक्सालेटमा परिणत हुन्छ । यसका कारण मिर्गौलामा पत्थरी बन्न सक्छ ।

– मिर्गौलाको पत्थरी भएका बिरामीले हलुका पेय पदार्थ र इनर्जी ड्रिङ्कको सेवन टाढा रहनुपर्छ । यी पेय पदार्थमा फस्फोरिक एसिड हुन्छ जसले मिर्गौलाको पत्थरीलाई अझ बढाउन सक्छ । यस्तो अवस्थामा हलुका पेय पदार्थ सकेसम्म कमै मात्र सेवन गर्नुपर्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व