घरदेश परदेश खेतबारी जस्तै लाग्छ
घर खुसी राख्ने भकारी जस्तै लाग्छ
खुसी सम्झेर मात्रै पनि खुसी हुन्छु म
मेरो खुसी र म वारीपारी जस्तै लाग्छ
बरालिन्छ एकथान जिन्दगी सफरमा
रित्तो जिन्दगी पनि भारी जस्तै लाग्छ
सयौं कलिला मुनाले माटो छोडेर उडे
देशको के होला दिक्दारी जस्तै लाग्छ
गणतन्त्रले यति धेरैको प्रगति देखियो
सुकिलो देख्यो भ्रष्टाचारी जस्तै लाग्छ
खादामाला लिएर बसेका हुन्छन् तल
उहाँको यात्रा पनि सवारी जस्तै लाग्छ









Discussion about this post