सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खुसी सम्झेर मात्रै पनि खुसी हुन्छु म ….

घरदेश परदेश खेतबारी जस्तै लाग्छ
घर खुसी राख्ने भकारी जस्तै लाग्छ

खुसी सम्झेर मात्रै पनि खुसी हुन्छु म
मेरो खुसी र म वारीपारी जस्तै लाग्छ

बरालिन्छ एकथान जिन्दगी सफरमा
रित्तो जिन्दगी पनि भारी जस्तै लाग्छ

सयौं कलिला मुनाले माटो छोडेर उडे
देशको के होला दिक्दारी जस्तै लाग्छ

Mahakali Polytechnic

गणतन्त्रले यति धेरैको प्रगति देखियो
सुकिलो देख्यो भ्रष्टाचारी जस्तै लाग्छ

World Link Ads

खादामाला लिएर बसेका हुन्छन् तल
उहाँको यात्रा पनि सवारी जस्तै लाग्छ

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.