देशको रक्षा गर्नलाई एक भई जुट्नुपर्छ
सबै जना एक भई देश जोगाउन जुट्नुपर्छ
मातृभुमी हामी सबैलाई प्राण भन्दा प्यारो छ
कालापानी सुस्ता रुदा कसले देखेको छ
फर्काउनु पर्छ गुमेको भु भाग फर्काउनु पर्छ कालापानी
सिपाही हु लड्नलाई पुगेको छु कालापानी
यी खोला नाला प्रकृति सुन्दर उपहार हो हाम्रो
किन मौन बसेका छौ देशको लागि सोच बनाउ राम्रो
वीर पुर्खाहरुको विरताको चिनारी छ मेरो देशको
वयान गर्छु नेपाल आमाको प्राकृतिक सुन्दरताको
नेपाल आमाको मन दुख्दा यो मन दुखेको छ
पैसाको मोहमा माटाे विर्सनेलाई धेरै प्रश्न छ
सुन्दर र पवित्र भुमि कहिले बिर्सन सकिदैन
देशको सुरक्षाको लागि सिपाही पछि हटदैन
लेखक : गोबिन्द राज ओझा (राजन )
ठेगाना : दिपायल सिलगढी नगरपालिका वडा नं. २ दिपायल डाेटी