सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विद्यालय स्तरीय यू-१५ खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई रानाले दिलाए पहिलो स्वर्ण 

बिकाश सिंह महता,  कञ्चनपुर – विद्यालय स्तरीय यू-१५ खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशलाई बरुण दत्त रानाले पहिलो स्वर्ण पदक दिलाएका छन्। गण्डकी प्रदेशको पोखरा स्थित रङ्गशालामा ‘ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ राष्ट्रिय खेलकुद परिषद (राखेपा) को समन्वयमा गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा विद्यालय स्तरीय यू-१५ खेलकुद प्रतियोगिता २०८१ मा सुदूरपश्चिम प्रदेशलाई एथलेटिक्स तर्फ बरुण रानाले पहिलो स्वर्ण पदक दिलाउन सफल भएका हुन।

बुधबार भएको ४०० मिटर दौड तर्फ स्वर्ण पदक दिलाए। छन् । उनले ५३.६५ मिलिसेकेन्ड पार गरेका हुन। सुदूरपश्चिम प्रदेशको लागि पहिलो स्वर्ण एथलेटिक्स तर्फ बरुण दत्त रानाले दिलाए उनले यो सँगै सुदूरपश्चिम प्रदेशलाई दुई पदक दिलाएका छन्। उक्त दिन एथलेटिक्स विधाको फिल्ड तर्फ लङजम्पमा रजत पदक  हासिल गरेका छन् ।

६ मिटर ७ सेन्टिमिटर दूरी पार गर्दै दोस्रो स्थान हासिल गरेका छन्। उनले भने, ‘ सुदूरपश्चिम प्रदेश लाई दुई वटा पदक दिलाउन पाउँदा खुसी छु, तर लङजम्पमा पनि स्वर्ण पदक दिलाउने थिए एकासी दौड सकिए पछि लङजम्प गराउँदा दबाब पर्यो त्यसले गर्दा स्वर्ण पदक दिलाउन सकिएन, आगामी दिनमा अझै मेहनत गर्दै प्रदेशको नाम उच्च राख्ने छु।’ रानाले उत्साहितका साथ बताए।

Mahakali Polytechnic

कञ्चनपुर जिल्ला अन्तर्गत रहेको स्थानीय तह शुक्लाफाँटा नगरपालिका वडा न.१२ कालागौडी घर भएका रानाले उत्कृष्ट प्रदर्शन गर्दै एउटा उत्कृष्ट खेलाडीको लयमा रहेका छन्। उनी श्री सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्साहा अध्ययनरत छात्र हुन। एथलेटिक्स, बास्केटबल, बुद्धिचाल, टेबलटेनिस, रग्बी र ब्याडमिन्टन खेलहरू समावेश गरि जेष्ठ ३० देखि ३१ गते सम्म प्रतियोगिता सञ्चालन हुनेछन्। उक्त प्रतियोगितामा सात प्रदेशको सहभागिता रहेको छ। 

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.