सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी–२० विश्वकप ; क्यानडामाथि अमेरिकाको सानदार जित क्यानडा ७ विकेटले पराजित

काठमाडौं ; अमेरिकाले आईसीसी टी –२० विश्वकपमा विजयी सुरूवात गरेको छ। आइतबार बिहान सम्पन्न पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।

टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा भएको खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भयो।

अमेरिकाका आरोन जोन्सले अविजित हुँदै सर्वाधिक ९४ रन जोड्न सफल भए। उनले ४ चौका र १० छक्का प्रहार गरे। एन्ड्रिज गौसले ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रन बनाए।

 

क्यानडाका लिवालले सर्वाधिक ६१ रन बनाए। उनले ६ चौका र ३ छक्का प्रहार गरे। जोन्सन २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन जोडे। ​​​​​​​दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट भए। श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे। ​​​​​​​

Mahakali Polytechnic

ग्राण्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो। अमेरिका र क्यारेबियन टापुको आयोजनामा भएको टी–२० विश्वकप आजबाट सुरू भएको हो।

World Link Ads

खेल एक महिनासम्म चल्नेछ।- अन्नपूर्णपोष्ट

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds