युवाहरू आफ्नै सपना डढाएको देख्छु
शासक मस्त सत्तामा बहुलाएको देख्छु
बौलाहाले केही जिम्मेवारी लिनु पर्दैन
मञ्च खोज्दै हिडेको बर्बराएको देख्छु
बाझोँं खेत कुरेको कर लिन्छ गाउँमा
सहरबाट युवा खाडी उडाएको देख्छु
विमानस्थलको कुनै चिच्याहट सुन्दैन
अचम्म माने सरकार निदाएको देख्छु
बाको अनुहार तिमी पोस्दै चाउरियो
तिम्रा गाला झन झन रसाएको देख्छु
एउटा उपाय बताइदेउ सरकार मलाई
कसरी मुलुकमा समृद्धि आएको देख्छु









Discussion about this post