सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रातो खरबुजाभन्दा २ गुणा लाभदायक हुन्छ पहेँलो खरबुजा

गर्मीमा देख्ने बित्तिकै राहत महसुस हुने फल हो रातो अनि रसिलो खरबुजामा । यसमा पानीको मात्रा ९० प्रतिशत भन्दा धेरै हुन्छ । यो फलको सेवनले उखरमाउलो गर्मीमा शरीरलाई निर्जलीकरणबाट बचाउँछ ।

खरबुजा किन्दा हामी पसलेलाई प्रायः रातो छ कि छैन भनेर सोध्छौँ । तपाईँले घरमा ल्याएर काटेर हेर्दा खरबुजा रातोको सट्टा पहेँलो रहेछ भने ? केही वर्ष अघि पहेँला खरबुजाको नाम हामीले सुनेका पनि थिएनौँ । तर अहिले बजारमा पहेँलो खरबुजा पनि आउन थालेका छन् ।

रातो खरबुजा भन्दा २ गुणा बढी फाइदाजनक
स्वादको कुरा गर्ने हो भने पहेँलो खरबुजा पनि रातो जत्तिकै मीठो हुन्छ । तर फाइदाको कुरा गर्ने हो भने यसले रातो खरबुजालाई उछिन्छ । खरबुजाको रङमा लाइकोपीन नामक रसायन हुन्छ । रातो खरबुजामा यो रसायन पाइन्छ तर पहेँलोमा पाइँदैन । यो केमिकलले फलफूलको रंग परिवर्तन गर्छ । पहेँलो खरबुजा रातो भन्दा बढी गुलियो हुन्छ । स्वादको हिसाबमा यसलाई महसँग तुलना गर्न सकिन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पहेँलो खरबुजामा एन्टिअक्सिडेन्ट र बीटा क्यारोटिन हुन्छ
पहेँलो खरबुजामा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । रातो खरबुजाको तुलनामा यसमा एन्टिअक्सिडेन्ट र बीटा क्यारोटिन पनि बढी हुन्छ । बिटा क्यारोटिनले क्यान्सर लाग्नबाट बचाउँछ र आँखालाई पनि स्वस्थ राख्छ । यो बिटाकारोटिन सुन्तला र पहेँलो तरकारीमा पाइन्छ । यसमा कम क्यालोरी हुन्छ । यसको मतलब, यदि तौल घटाउन चाहनेहरूले आफ्नो आहारमा पहेँलो खरबुजा सामेल गर्न सक्छन् । रातोपाटी बाट

Dirghayu Ads

 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.