सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमर सहिद दशरथचन्द युवा स्मृति सम्मान क्वालिटी लाई 

कञ्चनपुर – लामो समय देखि गरिब दुःखीहरूको पीडामा मलम लगाउदै सामाजिक क्षेत्रमा काम गर्दै आएका समाजिक अभियन्ता तथा युवा नेता  भोज राज जोशी (क्वालिटी ) लाई अमर सहिद दशरथचन्द स्मृतिको युवा प्रतिभा सम्मानबाट सम्मानित गरिएको छ।

बैतडीको दोगडा केदार गाउपालिका वडा नम्बर -०३ को श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा राष्ट्रियता संरक्षण अभियानको आयोजनामा सञ्चालन गरिएको दोगडा केदार साहित्य सम्मेलन (नेपाल भारत काव्य गोष्ठी ) मा जोशीलाई युवा प्रतिभा सम्मान प्रदान गरिएको हो।

समाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको युवा उद्द्मिलाइ नि शुल्क तालिम लगायत विभिन्न समाजिक कार्यहरूमा अतुलनीय योगदानको उच्च सम्मान गर्दै जोशीलाई अमर सहिद दशरथचन्द स्मृति युवा प्रतिभा पुरस्कारबाट सम्मानबाट सम्मानित गरिएको जनाईएको छ।

सम्मानित हुने युवा नेता जोशीले यसले थप हौसला प्रदान भएको र आगामी दिनमा समाजसेवामा निरन्तर खटिने बताएका छन्। 

Mahakali Polytechnic

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.