Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको १९औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ६९ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाहमा सहजता तथा दिगो विकासलाई केन्द्रमा राख्दै गाउँपालिकाले बजेट ल्याएको हो ।

गाउँपालिका अध्यक्ष तथा गाउँसभा अध्यक्ष हरिशचन्द्र राना ले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आगामी वर्षको मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले प्रस्तुत बजेटले समृद्ध बेलडाँडी निर्माणको दीर्घकालीन आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँसभामा सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथद्वारा प्रस्तुत बजेट वडा नं. ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले वाचन गर्नुभएको थियो ।

आगामी आर्थिक वर्षदेखि नापी तथा मालपोत सेवा बेलडाँडी गाउँपालिकाबाटै सञ्चालन गर्ने तयारी गरिएको गाउँसभा अध्यक्ष रानाले जानकारी दिनुभयो । यसबाट स्थानीयवासीलाई सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।

आर्थिक विकासतर्फ ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । रोजगार सेवा केन्द्रमार्फत सूचीकृत बेरोजगार नागरिकलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गर्न १० लाख रुपैयाँ छुट्टाइएको छ । कृषि आधुनिकीकरण, उत्पादन वृद्धि तथा व्यवसायीकरणका लागि २४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पशु स्वास्थ्य सेवा, औषधि वितरण, महामारी नियन्त्रण, निःशुल्क खोप तथा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

सामाजिक विकासतर्फ ३ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य सेवा सुधारका लागि गाउँपालिकाले थप १ करोड ४५ लाख रुपैयाँ छुट्टाएको छ भने शिक्षा क्षेत्रको गुणस्तर सुधार र शैक्षिक पहुँच विस्तारका लागि पनि १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधार विकासतर्फ सङ्घीय तथा प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन हुने योजनाका लागि करिब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाका गौरवका आयोजनाअन्तर्गत कालोपत्रे सडक निर्माण र १५ शय्याको अस्पताल निर्माणलाई प्राथमिकता दिइएको छ । साथै खेलकुद विकासका लागि १८ लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।

गाउँपालिका अध्यक्ष रानाले प्रस्तुत बजेटलाई बेलडाँडीको आर्थिक रूपान्तरणको मार्गचित्रको रूपमा व्याख्या गर्दै उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित रहेको बताउनुभयो ।

गाउँसभाको अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित गरिएको गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्टले जानकारी दिनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व