प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले शिष्टाचार भेटवार्ता गरेका छन्।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपालको विकास प्राथमिकता, एडीबीले गर्दै आएको सहयोग तथा आगामी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जेनजी आन्दोलनपछि बालेन शाह प्रधानमन्त्री नियुक्त भएलगत्तै एडीबी अध्यक्ष कान्दाले सामाजिक सञ्जाल एक्समार्फत नेपालको विकास प्राथमिकतामा एडीबीको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
कान्दाको नेपाल भ्रमणकै क्रममा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता पनि भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको उपस्थितिमा दुई विकास आयोजनामा लगानीका लागि उक्त सहुलियतपूर्ण ऋण लिने सम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरिएको हो।
सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए।










Discussion about this post