सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो मेयर कप डे-नाइट टि-१० क्रिकेट प्रतियोगिता : को को टिम पुगे सेमिफाइनल ?

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीमा जारी दोस्रो मेयर कप डे- नाइट टि-१० क्रिकेट प्रतियोगितामा  हिजो शनिबार क्वाटर फाइनलका ४ खेल सम्पन्न भएका छन् । जसबाट ४ टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।

Sana Kishan

हिजोको पहिलो खेलबाट भीमत्त -०९ (ए) ले भीमदत्त -११ लाई दुई विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त खेलका प्लेयर अफ द म्याच बिरेन्द्र पाल हुन सफल भएका छन्। दोस्रो खेलमा भीमदत्त -१३ ले भीमदत्त -१० (बी) लाई १ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने उक्त खेलका प्लेयर अफ द म्याच बिरेन्द्र पाल बनेका छन्।

तेस्रो खेलमा भीमदत्त भीमदत्त -०८ ले भीमदत्त -०५ लाइ १९ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।  उक्त खेलका प्लेयर अफ द म्याच नवीन धामी  भएका छन्। हिजोको अन्तिम खेलमा  भीमदत्त -६ (बी) ले नेपाल प्रहरीलाई ४ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त खेलबाट प्लेयर अफ द म्याच खगेन्द्र महरा हुन् सफल भएका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.