Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलअन्तर्गत आज राति दुई शक्तिशाली युरोपेली टोली पोर्चुगल र स्पेन आमनेसामने हुँदैछन्। अमेरिकाको डालास रङ्गशालामा हुने यो खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

पोर्चुगलले नकआउट चरणमा क्रोएशियालाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो भने स्पेनले अस्ट्रियामाथि ३–० को सहज जित निकाल्दै प्रिक्वाटरफाइनल यात्रा तय गरेको हो। पोर्चुगल समूह ‘के’ को उपविजेता तथा स्पेन समूह ‘एच’ को विजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्।

विश्वकप इतिहासमा यी दुई टोलीबीच यो तेस्रो भेट हुनेछ। यसअघि सन् २०१० को विश्वकपमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गरेको थियो भने सन् २०१८ मा दुवै टोलीबीचको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएको थियो। उक्त खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए।

समग्र अन्तर्राष्ट्रिय भेटमा स्पेनको स्पष्ट वर्चस्व देखिएको छ। हालसम्म ४१ खेलमा स्पेनले १८, पोर्चुगलले ७ जित निकालेका छन् भने १६ खेल बराबरीमा टुंगिएका छन्।

आजको खेललाई दुई फरक पुस्ताका स्टार खेलाडीबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ। पोर्चुगलका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र स्पेनका १८ वर्षीय लामिन यमाल पहिलो पटक विश्वकपको नकआउट चरणमा आमनेसामने हुँदैछन्। रोनाल्डोले सन् २००६ मा पहिलो विश्वकप खेल्दा यमाल जन्मिएका पनि थिएनन्।

यस्तै, प्रिक्वाटरफाइनलअन्तर्गत भोलि बिहान पौने ६ बजे अमेरिका र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ। अमेरिकाको सिएटल रङ्गशालामा हुने खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० र बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।

विश्वकपमा अमेरिका र बेल्जियमबीच यो तेस्रो भेट हुनेछ। सन् १९३० मा अमेरिका ३–० ले विजयी भएको थियो भने सन् २०१४ मा बेल्जियमले २–१ को जित निकालेको थियो। समग्र सात भेटमा बेल्जियमले ६ खेल जित्दा अमेरिका एक खेलमा मात्रै विजयी भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ
खेलकुद

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

साउन २९, २०८३
दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा
खेलकुद

दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा

साउन २९, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व