सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भिजेको आँखाले ऐनामा अनुहार देखिदैन ….

यो देशमा राज्य देखिदैन सरकार देखिदैन
अनुशासन देखिदैन यहाँ रोजगार देखिदैन

खेतहरू बाँझा देखिन्छन् बादरको रजाइँ
चलेका उद्योग व्यवसाय व्यापार देखिदैन

कहाँ जाँदै छन् मान्छेहरू अचेल हेर्नुस् त
गाउँ खाली छन् भीडभाड बजार देखिदैन

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

झुपडीहरू उहिले मजदुरी गर्न पुगि सके
अझै नि ब्युझिए जस्तो कोट टार देखिदैन

Dirghayu Ads

नागरिक नागरिकता छोड्न तयार छ बरु
तर शासक कुर्सी छोड्न तयार देखिदैन

तिमी भन्छौ आफ्नो भविष्य हेर्नुपर्छ भनेर
भिजेको आँखाले ऐनामा अनुहार देखिदैन

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.