बिदाइमा थियौ तिमी मुलाकातमा थियौ
सधैं थियौ हिउँदमा थियौ बर्षातमा थियौ
मसँगै हुन्थ्यौ हरपल नसा नसामा तिमी
मेरो उमङ्गमा थियौ मेरो उन्मादमा थियौ
के भयो नाफा घाटाको हिसाब गरिएन
कसम मेरो लाभमा थियौ घातमा थियौ
कहाँ थियौ भन्नू कहाँ थिएनौ भन्नू अब
तिमी उपहारमा थियौ सौगातमा थियौ
एकछिन टाढा हुदैनन् यादहरू अचेल
मेरो साँझमा थियौ त्यो प्रभातमा थियौ
सम्झिदा पनि खुसी लाग्छ कहिलेकाही
म एक्लो हुँदा पनि तिमी साथमा थियौ









Discussion about this post