सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान चिसो र दिउँसो गर्मी हुँदा स्वास्थ्यमा असर पर्न सक्ने

काठमाण्डाै – केही दिनयताको मौसममा तापक्रम घटबढ भइरहेको छ ।

काठमाण्डौ उपत्यकासहित देशभर नै दिउँसोको समयमा घाम लाग्दा तापक्रम बढेर गर्मी हुन थालेको छ । तर बिहान बेलुका भने चिसो नै महसुस हुन्छ । बिहान चिसो र दिउँसोपख एक्कासी गर्मी हुँदा स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्ने डाक्टरहरु बताउँछन् ।

Sana Kishan

तापक्रममा एकैचोटी हुने घटबढले रुघाखोकी लाग्ने भाइरसहरु सक्रिय हुने सम्भावना रहेको सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. रोेशनकुमार झाले बताउनुभयो । उहाँका अनुसार तापक्रममा पाँच डिग्रीको फरक पर्नेबित्तिक्कै मानिसको शरीर अस्थिर हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

शरीर अस्थिर भएपछि रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । यसले विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई असर गर्ने डा.झाले बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले वातावरणमा तापक्रम घटबढ हुदा श्वासप्रस्वासको समस्या, मुटुमा समस्या, विभिन्न छालाजन्य रोग तथा सङ्क्रमण हुनसक्ने बताउनुभयो ।

Dirghayu Ads

उहाँले यस्ता स्वास्थ्य समस्याबाट बच्न घरमा बस्दा वा बाहिर निस्कँदा मौसम अनुसारको कपडा लगाउन, घरबाट बाहिर निस्कँदा मास्क लगाउन, बेलाबेला साबुनपानीले हातखुट्टा र मुख राम्ररी धुन र स्वास्थ्यमा केही समस्या भइहालेमा अस्पताल जान सुझाव दिनुभएको छ । उज्यालो अनलाइनमा समाचार छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.