सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निरूतालाई जिताउन अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी दिपेशद्वारा आर्थिक सहयोग 

कञ्चनपुर । पल्सर पिपुल्स च्वाइस प्रतियोगितामा छनौट भएकी भलिबलकी राष्ट्रिय खेलाडी निरूता ठगुन्नालाई जिताउनका लागि ब्याडमिन्टनका एक अन्तराष्ट्रिय खेलाडीले आर्थिक सहयोग गरेका छन । ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी दिपेश धामीले पल्सर पिपुल्स च्वाइस प्रतियोगितामा छनौट भएकी भलिबलकी राष्ट्रिय खेलाडी ठगुन्नालाई जिताउनका लागि आर्थिक सहयोग गरेका हुन ।

एपीएफका पूर्व खेलाडी समेत रहेका धामी हाल अमेरिकामा रहेका छन । भीमदत्त नगरपालिका ६ ऐठपुर कञ्चनपुर निवासी धामीले निरूतालाई अवार्ड जिताउनका लागि आर्थिक सहयोग गरेको जिल्ला भलिबल संघ कञ्चनपुरले जनाएको छ ।

Sana Kishan

जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले महेन्द्रनगरमा जारी रहेको तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता समारोह कार्यक्रममा ब्याडमिन्टनका अन्तराष्ट्रिय खेलाडी धामीका बाबु हरक सिह धामीले जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीलाई नगद २ हजार ५ रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको बताए । 

World Link Ads
Mahakali Polytechnic

नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहेका हरक सिह धामीले अमेरिकामा रहेका छोरा दिपेशले सुदूरपश्चिका खेलाडीको उत्साहका लागि निरुतालाई उक्त रकम सहयोग गरेको बताए । नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष धामीले सुदूरकी छोरी निरुतालाई जिताउन उक्त सहयोग गरेको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.