काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध परमाणु हतियार प्रयोग नगर्ने बताएका छन्। उनले इरानी भूमिमा अमेरिकी स्थल सेना तैनाथ गर्ने सम्भावनालाई पनि अस्वीकार गरेका छन्।
न्यूजम्याक्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले परमाणु हतियार प्रयोग गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन्।
अन्तर्वार्ताका क्रममा उनले ‘मदर अफ अल बम्स’ नामले चिनिने शक्तिशाली गैरपरमाणु बमको समेत उल्लेख गरेका थिए। सीएनएनको रिपोर्टअनुसार, इरानमाथि सम्भावित आक्रमणका लागि उक्त बम प्रयोग गर्ने विकल्पबारे विचार हुन सक्ने चर्चा गरिएको छ। ट्रम्पले भने उक्त बम परमाणु हतियार नभई ठूलो क्षमताको बम भएको बताएका छन्।

यसैबीच, ट्रम्पले परमाणु निशस्त्रीकरणका विषयमा रुस र चीनसँग वार्ता भइरहेको जानकारी दिएका छन्।
अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा इरानसँगको तनाव पनि चर्चामा छ। समाचारमा उल्लेख गरिएका जनमत सर्वेक्षणहरूले इरानसँगको तनाव र सम्भावित युद्धलाई लिएर ट्रम्पको लोकप्रियतामा गिरावट देखाएको दाबी गरिएको छ।










Discussion about this post