कञ्चनपुर । जनज्योति एजुकेसनल फाउण्डेसन लिमिटेड कञ्चनपुरको वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त कार्यक्रममा जनज्योति एजुकेसनल फाउण्डेसन लिमिटेडका अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षता रहेको थियो भने सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष माधव जोशीले विगतमा गरिएका गतिविधि र आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए। प्रमुख अतिथि एवम् पूर्व मन्त्री रावलले जनज्योति एजुकेसनल फाउण्डेसन लिमिटेडले शिक्षाको क्षेत्रमा पुगाएको योगदानको प्रशंसा गर्दै आफ्नो तर्फबाट सकिने सबै सहयोगको लागि तत्पर रहने प्रतिवद्धता समेत गरेका छन्।

कार्यक्रममा कम्पनीका सचिव प्रकाश दत्त जोशीले शैक्षिक र प्रशासनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक प्रजापति नेगीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। यस कम्पनी अन्तरगत जनज्योति बहुमुखी क्याम्पस र जनज्योति माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन्। जनज्योति बहुमुखी क्याम्पस सुदूरपश्चिमकै अग्रणी क्याम्पस हो जहाँ बिबिएस, बिसिए, बिएड, बिए-बिएषडब्लु, एमबिएस, एमए र एमएडकोको पढाई हुन्छ। हाल क्याम्पसमा १८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जनज्योति स्कुल २०७२ सालबाट सञ्चालन भएता पनि छोटो समयमै अभिभावकको मन जित्न सफल भइ स्कुलमा हाल १०८२ विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा डा. शंकर दत्त भट्टले स्वागत मन्तव्य राखेका थिए भने शेयरधनी हरिप्रसाद खतिवडा र दान सिंह कार्कीले शुभकामना मन्तव्य राखेका थिए।

सयौँ जनाको शेयर रहेको उक्त संस्थामा वर्तमान समितिले गरिरहेको राम्रा कामहरूको उच्च प्रसंशा गर्दै सबै मिलेर सुदूरपश्चिमकै शैक्षिक हबको रुपमा अघि बढाउने प्रतिबद्धताका जनाउदै कार्यक्रम भब्यताका साथ सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र जोशीले जानकारी दिए।









Discussion about this post