लागेको थियो आज ममाथि प्रहार हुनेछ
मेरो ज्यान उसको नजरको सिकार हुनेछ
तर सोचेको थिए नि मेरो क्षमताले रोक्छ
सोचेको थिएन मैले यसरी बार बार हुनेछ
सपनाहरू पूरा हुदैनन् भन्ने जान्दा जान्दै
मैले सपना देखे श्रमिकको सरकार हुनेछ
तिमी बकवास नगर अनेक थरी कुरा गरेर
कसरी पत्याउनु अझै सयको हजार हुनेछ
घरी मात्तिछौ घरी बर्बराउछौ के भएको
थाहा थिएन तिमीलाई यति हतार हुनेछ
आरन लगाउदै छु धारिलो बनोस भनेर
मेरो मुस्कान नै मैदानमा हतियार हुनेछ









Discussion about this post