Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कृष्णपुरमा निशुल्क आँखा शिविर, पाँच हजार ७ जनाले लिए सेवा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १९, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर मंगलबार सम्पन्न भएको छ । पौष १ गते वडा न.१ को कुमगडाबाट शुरु भएको आँखा शिविर पौष १७ गते वडा न.९ को आधारभुत स्वास्थ्य केन्द्र राजघाटमा गएर सकिएको छ । निशुल्क आँखा शिविरमा पाँच हजार ७ नगरबासीले घर दैलौमै सेवा लिएका छन् । नगरपालिकाले ९ वटै वडाका १२ स्वास्थ्य युनिट र भौगोलिक हिसाबले विकट मानिएको वडा न.१ कुमगडा गरेर १३ स्थानमा आँखा शिविर संचालन गरिएको हो । आँखा शिविरमा एक हजार पाँच सय ३९ जनालाई नजिकको चश्मा प्रदान गरिएको छ भने ६ सय १३ जनालाई सल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको छ ।

सल्यक्रियाका लागि सिफारिस गरिएका ६ सय १३ जनाको धनगढी नेत्रालयले निशुल्क सल्यक्रिया गर्ने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिस्टले जानकारी दिए ।

पौष १ गते कुमगडाबाट शुरु भएको आँखा शिविरमा ६० जनाले सेवा लिएका थिए । जसमा २८ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने २ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । त्यसैगरी वडा न.१ कै दोमिल्ला र निगालिमा गरेर थप ७२० जनाले सेवा लिएका हुन । वडा न .२ का दुई स्थानमा आँखा शिविर संचालन गरिएको थियो त्यहाँ ८३८ जनाले सेवा लिँदा ३३९ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने १०५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न.३ मा ४२५ जनाले सेवा लिँदा १०५ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ३५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न.४ मा ६४९ जनाले सेवा लिँदा १७६ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ९९ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न.५ मा ५१६ जनाले सेवा लिँदा १३३ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ७७ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न .६ मा ४२५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ६२ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न .७ मा ४१३ जनाले सेवा लिँदा १०३ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ५५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न ८ मा ४५५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ५२ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो र हिजो मंगलबार समापनका दिन वडा न.९ मा ५०० जनाले सेवा लिएका थिए । जसमा १३४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ६७ जनलाई सल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको हो ।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरबासीले उत्साहका साथ निशुल्क आँखा शिविरमा भाग लिएको भन्दै खुशी व्यक्त गरे । उनले पछिल्लो समय नसर्ने रोगका कारण धेरैले अकालमै मृत्यु वर्ण गरिरहनु परेको भन्दै नसर्ने रोगहरु पहिचान होस् भन्नका लागि नगरपालिकाको स्वास्थ्य विशेषज्ञ टिम नागरिकका घर घरमा पुगिरहेको बताएका छन् । उनले आफू नागरिकको स्वास्थ्यप्रती चिन्तित रहेको भन्दै अघिल्लो वर्षको नागरिकसँग मेयर कार्यक्रमलाई निरन्तरता दिदै यसपटक विशेष गरि महिला लक्षित शिविर आङ खस्ने,पाठेघर सम्बन्धि समस्या,तल्लो पेट दुख्ने समस्यालाई मध्यनजर गर्दै छिट्टै निशुल्क शिविर संचालनमा ल्याइने बताए ।

 

आँखा शिविरमा नगरपालिकाले निशुल्क नजिकको चश्मा र औषधिको व्यवस्था गरेको थियो भने धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको हो । नगरपालिकाले अघिल्लो वर्ष पनि नेत्रालयसँग समन्वय गर्दै निशुल्क आँखा शिविर संचालन गरेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व