सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्याब्सन महोत्सवमा मन्त्र अस्पतालको निःशुल्क प्राथमिक उपचार

कञ्चनपुर । आईतबारदेखि कञ्चनपुरको कर्बडहल महेन्द्रनगरमा संचालन भएको प्याब्सन महोत्सवमा मन्त्र अस्पतालले निःशुल्क प्राथमिक उपचार सेवा प्रदान गरिरहेको छ । महेन्द्रनगरको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि(मन्त्र अस्पताल)ले प्याब्सन महोत्सवमा मन्त्र अस्पतालले निःशुल्क प्राथमिक उपचार सेवा प्रदान गरिरहेको हो ।

Sana Kishan

मन्त्र अस्पतालका नर्स आशा पाण्डे नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले खेलकुदमा समान्य घाईते भएका विद्यार्थीको निःशुल्क प्राथमिक उपचार गरिरहेका छन । दैनिक ४०-५० विद्यार्थीको फिल्डमै निःशुल्क उपचार भईरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक डा.गोबिन्द रोकायाले आयोजकबाट आग्रह भए अनुरुप समाजिक दायित्व अन्र्तरगत प्राथमिक उपचार गरिरहेको बताए । ‘हामीले अस्पतालका तर्फबाट फिल्डमै स्वास्थ्यकर्मी खटाएर निःशुल्क प्राथमिक उपचार गरिरहेका छौँ, ‘उनले भने, ‘केही जटिल प्रकृतिका केश आए विशेष छुटका साथ पनि उपचार गरिरहेका छौँ ।’

Dirghayu Ads

फिल्डका कारण खुट्टामा छाला खुस्ने,हड्डी टुटनेदेखिका समस्या आईरहेको बताउँदै निर्देशक डा. रोकायाले उनीहरुको समेत सहुलियतामा उपचार भईरहेको बताए । मन्त्र अस्पतालले पछिल्ला दिनहरुमा सीमादेखि गाँउबस्तीसम्म विभिन्न स्थानमा स्वास्थ्य शिबिर नै संचालन गरेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएपछि नागरिक स्तरबाट समेत मन्त्र अस्पतालको प्रसंसा भईरहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.