Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ११, २०८३
बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ९४ करोड ५५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको सत्रौँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख जोगराम चौधरी ले प्रस्तुत गर्नुभएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगार सिर्जना, सामाजिक सुरक्षा, सुशासन तथा सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । नगरपालिकाले उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै समावेशी तथा सन्तुलित विकासको लक्ष्य लिएको जनाएको छ ।

बेलौरी नगरपालिकाले १० वटै वडाका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेको छ । जसअनुसार वडा नं. ८ ले सबैभन्दा बढी र वडा नं. १ ले सबैभन्दा कम बजेट पाएको छ ।

नगर सभाध्यक्ष एवम् नगर प्रमुख पोतिलाल चौधरी ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सभाको उद्घाटन सत्रबाटै पारित भएको छ । उहाँले बजेटलाई नगरको समृद्धिको मार्गचित्र भएको उल्लेख गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीले बजेट व्यावहारिक, कार्यान्वयनयोग्य र स्रोतमा आधारित रहेको बताउँदै पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिइने जानकारी दिनुभयो । नगर प्रवक्ता हर्कबहादुर भुलले बजेट जनमुखी र विकासमुखी रहेको उल्लेख गर्दै आगामी वर्ष विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभयो ।

नगर सभामा प्रस्तुत न्यायिक समितिको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३२ मुद्दा दर्ता भएका छन्, जसमा २२ वटा मिलापत्रमार्फत समाधान भएका छन् भने १० वटा बाँकी रहेका छन् । जग्गा विवाद, रकम लेनदेन, ज्याला मजदुरी तथा अन्य प्रकृतिका मुद्दा दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले बजेट कार्यान्वयनमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज
कन्चनपुर

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३
वेदकोटमा गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न
स्थानीय सरकार

वेदकोटमा गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न

साउन २४, २०८३
कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गगन थापाको आरोप : ‘सरकार बरालिँदै हिँडेको छ’

गगन थापाको आरोप : ‘सरकार बरालिँदै हिँडेको छ’

साउन २४, २०८३
सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

साउन २४, २०८३
ब्याज अनुदान थप प्रभावकारी बनाउन सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन

रास्वपाका मन्त्रीलाई महिनामा एकपटक पार्टी कार्यालय पुग्न निर्देशन

साउन २४, २०८३
उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

साउन २४, २०८३
सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

साउन २४, २०८३
चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व