Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलडाँडीमा आँखा उपचार केन्द्र संचालन, दुई घण्टामै १ सय हाराहारीले लिए निशुल्क सेवा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 केशव थापा, कञ्चनपुर । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको पहलमा बेलडाँडीमा आँखा उपचार केन्द्र संचालन गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै पालिकाले संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्टद्धारा उपचार केन्द्रको उदघाटन गराएका हुन् । बेलडाँडी गाउँपालिका प्रमुख रानाको अथक प्रयास र प्रदेश सभा सदस्य बिष्टको सहयोगमा यहाँ उपचार केन्द्र स्थापना गर्न सफल भइएको अध्यक्षको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बेलडाँडीका आँखा विरामीले धनगढी महेन्द्रनगर धाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै यही उपचार केन्द्र स्थापना गरिएको जनाए । कार्यक्रमको उदघाटन संगै आँखा उपचार सुरु भएको छ । बेलडाँडीका समाजसेवी तथा जेष्ठ नागरिक शेर सिंह टेरले पहिलो आँखा चेक गराई सेवा लिएका थिए भने, दोस्रो आँखा चेक सेवा कार्यक्रमका प्रमुख अतिथि बिष्टले लिएका थिए । पहिलो दिन दुई घण्टामा ८६ जनाले सेवा प्राप्त गरेको अध्यक्षका स्वकीय सचिव कुलैराज उपाध्यायले जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवं सुदुरपश्चिम प्रदेश सभा सदस्य बिष्टले बेलडाँडीमा आँखा उपचार केन्द्र स्थापनाका लागि आफूले विगत लामो समयदेखि गरेको प्रयास सफल भएको बताउनु भयो । गेटा आँखा अस्पतालले विगतमा बेलौरीमा पनि सेवा प्रदान गरेको र अब बेलडाँडीका नागरिकका लागि समेत सेवा प्रदान गर्न तयार भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

No description available.

कार्यक्रमको सभापति बेलडाँडीका पालिका अध्यक्ष हरिशचन्द्र रानाकोअनुसार बेलडाँडीका आँखा विरामीहरुले धनगढी महेन्द्रनगर धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यहि उपचार केन्द्र स्थापना गरेको बताउनुभयो । सर्वसाधारणका लागि निशुल्क आँखा उपचार दिइने समेत वहाँले जनाउनु भयो । बेलडाँडी आँखा उपचार केन्द्र स्थापना, स्वास्थ्य व्यवस्थापन, एम्वुलेन्स सेवा, १५ सैया अस्पताल स्थापना, विभिन्न पुलपुलेसा, सडक, विद्युत लगायतका महत्वपुर्ण कुरामा सहयोग गर्ने माननीय दिवान सिंह बिष्टलाई विशेष धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गर्नु भयो ।

No description available.

कार्यक्रमका सभापति बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना,प्रमुख अतिथी संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट,बिशिस्ट अतिथी नेपाल नेत्र ज्योति संघ कैलालीका अध्यक्ष एवं गेटा आँखा अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष लोकराज जोशी ,नेपाल नेत्र ज्योति संघ कञ्चनपुरका अध्यक्ष डाक्टर भोजराज पन्त,गेटा आँखा अस्पतालका प्रमुख सुरेशराज पन्त ,बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारु लगायत पालिकाका विभिन्न शाखा प्रमुख एवं प्रतिनिधि ,कार्यपालिका सदस्य ,विभिन्न पार्टीका प्रतिनिधि ,समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । आँखा उपचारमा आएका विरामीहरुले घर निरैबाट यस्तो सेवा प्राप्त गर्दा हर्षित भएका छन् ।

No description available.

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व