सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका माछा व्यवसायीले भीमदत्त नगरपालिकामा बुझाए ज्ञापन पत्र

प्रकाश भट्ट, कञ्चनपुर । भारतबाट चोरी, तस्करी र भन्सार छलीका माछा नेपाल भित्रिन लागेको भन्दै कञ्चनपुरका स्थानीय माछा पालक किसानले रोक्न माग अघि सारेका छन् । कञ्चनपुरका स्थानीय माछा उत्पादक किसानले भारतबाट दैनिक चोरी तस्करीका माछा भित्रिन लागेको भन्दै रोक्न माग अघि सारेका हुन् ।

आइतबार भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशीलाई ज्ञापन पत्र बुझाउँदै जिल्लाका विभिन्न नाकाबाट गैर कानुनी रुपमा चोरी तस्करी गरेर नेपाल भित्रिने माछाले नेपाली किसानका साथै उपभोक्ता समेत मारमा परेको बताएका छन । साथै बजारमा नियमित रुपमा अनुगमन गरी अवैध माछाहरू बेच्नेलाई कारवाही हुनुपर्ने माग राखेका छन्।

Sana Kishan

भीमदत्त नगरका माछा पालक किसान प्रकाश साउदले भारतबाट गैर कानुनी रुपमा अस्वस्थकर माछाका कारण नेपाली उपभोक्ता मारमा परेपछि नगरपालिकालाई ज्ञापन पत्र बुझाएको बताए । ‘हामीले गैर कानुनी रुपमा नेपाल भित्रिने माछा रोक्न नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छौँ, ‘उनले भने, ‘यसरी दैनिक भारतबाट भित्रिने माछाले एकातिर किसान र अर्कातिर उपभोक्ता मारमा परेका छन् ।’

World Link Ads

ज्ञापन पत्र बुझ्दै भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले अबको दुई दिन भित्रै बैठक बसाएर बजार अनुगमन गर्ने बताइन । उनले कुनै पनि व्यापारीले माछामा कालोबजारी गरेको पाइएमा कानुन कानुन बमोजिम कारवाही गरिने प्रतिवद्धता समेत जाहेर गरिन् ।

No description available.

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close